राजनीति

काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ ।
सभाको आइतबारको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी दिए ।
यस्तै, सदस्य नारायणदत्त मिश्रलाई ‘विधायन व्यवस्थापन समिति’ बाट ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ हेरफर गरिएको छ । समिति हेरफेर गर्ने प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ १९:५६
प्रतिक्रिया दिनुहोस्