site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ७५ अंकले बढ्यो, १४ अर्ब २५ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ७५.२४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज परिसूचक २.६७ प्रतिशतले बढेर २,८९०.२८ विन्दुमा बन्द भएको छ ।

आज १४ अर्ब २५ करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । यस समूहको परिसूचक १.२७ प्रतिशतले घटेको छ ।

आज १९६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ४४ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro