
काठमाडौं । चलचित्र ‘आउट ल दफा : २१९’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सन सिनले भरिएको छ । प्रोडक्सन भ्यालु उच्च रहेको ट्रेलरमा दुई नम्बरी धन्दा देखाइएको छ ।
राजनीतिक ‘सेटिङ’मा भइरहेको सुन तस्करी ट्रेलरमा देख्न सकिन्छ । केही डाइलग, सिन र प्रोडक्सनले सिनेमा एक्सनप्रधान रहेको प्रष्ट देखिन्छ ।
‘आउट ल दफा : २१९’ फागुन २९ गते रिलिज हुनेछ । बिक्की महर्जनको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् ।
विक्की महर्जन र विनोद कठायतको पटकथा रहेको छ ।
अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । विकास चौधरी सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद कठायत हुन् ।
नवीन गुरुङको डीओपी छ । चलचित्रमा चुल्ठे काजीको एक्सन निर्देशन छ ।
सिनेमामा सुशीलसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठीलगायतको अभिनय छ ।