site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘फेरि रेशम फिलिली’ र ‘वसन्त’को गीत सार्वजनिक 

काठमाडौं । प्रकाश सपूतको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘वसन्त’को गीत सार्वजनिक भएको छ । ‘बिना स्वादैको’ बोलको सार्वजनिक गीतमा देवेन्द्र बब्लुको स्वर छ । 

संगीत र शब्दरचना गायक तथा निर्देशक प्रकाश सपूत र देवेन्द्र बब्लुको छ । 

अन्तरजातीय प्रेमपछि परिवारले उनीहरूको मोहनी फुकाउन गर्ने विभिन्न घटनाक्रम देखाइएको छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु, मुख्य सहायक निर्देशक सुनील विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् ।

यो चलचित्र चैत २२ गते रिलिज हुनेछ । ‘वसन्त’मा प्रकाश र स्वस्तिमा खड्कासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ । 

सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपूतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा ‘वसन्त’ले भन्नेछ । 

चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । 

यसैबीच, प्रदर्शनरत चलचित्र ‘फेरि रेशम फिलिली’को गीत ‘कहिले घाममा कहिले छायामा’ पनि सार्वजनिक भएको छ । 

‘हर्क साउद’को शब्दरचना रहेको गीतमा सुगम पोखरेलको संगीत छ । कल्याण सिंहको संगीत छ । सिनेमाको कथा भन्न प्रयोग गरिएको गीत निर्माणपक्षले चलचित्र प्रदर्शन भइरहेका बेला सार्वजनिक गरेको हो । 

निरोज महर्जनको निर्देशन रहेको चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, महेश त्रिपाठीलगायत कलाकार मुख्य भूमिकामा छन् । 

यो चलचित्रलाई रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro