site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीका नेताले भने– अरू दल विभाजनतर्फ लाग्न हुँदैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य भानुभक्त जोशीले दल विभाजनतर्फ नलाग्न सरकारलाई सुझाव दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले  नेपाली कांग्रेस र नेकपा (एमाले)जस्तो जिम्मेवार पार्टीले अरू दल विभाजनतर्फ लाग्न नहुने बताए । दल फुटाउनुभन्दा विपक्षीसँग मिलेर देशका ठूला र जटिल समस्या समाधान गर्न उनले सुझाव दिए ।

हाल ल्याइएका कुनै पनि अध्यादेश देशको हितमा नभएको भन्दै उनले फिर्ता लिन सरकारसमक्ष आग्रह गरे ।

नेता जोशीले कांग्रेस र एमालेबीच पनि अध्यादेश ल्याउने विषयमा सहमति भएको नदेखिएको बताए । देशमा अनेकखालका समस्या रहेको र ती हल गर्नुपर्नेमा सरकार अध्यादेशको चक्करमा परेको भन्दै उनले असन्तुष्टि पोखे ।

उनले अध्यादेशको प्रक्रिया सही नभएकाले समर्थन गर्न नसकिएको धारणा राखे । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro