site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चार मुक्तक

१.
जिन्दगी भ्वाङ परेको पुलझैँ भयो
जिन्दगी फाटेको झुलझैँ भयो
सोचेजस्तै कहाँ भयो र जीवन
जिन्दगी ओइलाएको फूलझैँ भयो

२.
गुण नभएका नाम मात्रका गुनीको के काम
अर्थहीन बनेको यो जुनीको के काम    
यहाँ यस्तै भइरहेको छ बुझ्दै छु म 
कमसल जोगीले जगाएको धुनीको के काम

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

३.
लामखुट्टे नछेक्ने झुलको जालीको काम छैन
दर्शकबिनाको दीर्घाको तालीको काम छैन
यहाँ बलेको आगो ताप्नेको मात्र स्थान छ
हलोको खिइँदै गएको फालीको काम छैन

४.
जिन्दगी समुद्रबिनाको छाल भइदियो    
जिन्दगी पानीबिनाको ताल भइदियो
अभावै अभावले घेरिएको यो जुनी
जिन्दगी संगीतबिनाको ताल भइदियो

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्