site stats
बाह्रखरी :: Baahrakhari
देश
सार्वजनिक स्थानमा फोहोर फाल्नेप्रति कठोर बन्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ ।

कामपा वातावरण विभागका अनुसार, कामपा क्षेत्रका घर कम्पाउन्ड एवं परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अरू सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गरिनेछ ।

Argakhachi Cement Island Ad

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार, जथाभावी फोहोर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रूपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।

सार्वजनिक स्थानमा फोहोर फालेको महानगरको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही गरिनेछ ।

यसैबीच, कामपाले फोहोर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन ३२ वटै वडामा ६ क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ ।  फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको विभागको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्