site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खलील विचार

१.
मानवको दुई रूप हुन्छ, एक त्यो जो निस्पट्ट अन्धकारमा पनि जागै रहन्छ । अर्को त्यो जो उज्यालोमा पनि सुतिरहेको हुन्छ ।

२.
वास्तविक सन्न्यासी त्यही हो जसले सारा विश्वलाई खण्डखण्ड रूपमा हेर्न छोडेर अविकल ब्रह्माण्डको रूप र भावनाले हेर्ने गर्छ ।

३.
कला, प्रकृतिबाट अनन्त यात्रामा जाने एउटा भर्‍याङ हो ।

४.
अव्यक्तबाट व्यक्त रचना, कलाकै एउटा कार्य हो ।

५.
म अमरत्वको कामना गर्दछु, किनकि त्यसैमा म आफ्ना अलिखित कविताहरूले, अचित्रित चित्रहरूले सम्पर्क स्थापित गर्न सक्छु ।

६.
एक दिन मैले देखेँ, दार्शनिक आफ्नो शिर टोकरीमा राखेर बजारमा उभिएर कराउँदै थियो, “बुद्धि ! बिक्रीका लागि बुद्धि !”

बिचरा दार्शनिक, जसलाई आफ्नो हृदयको तर्पणका लागि आफ्नै मस्तिष्क बेच्नु परिरहेको छ !

(‘हीरे और मोती’बाट अनूदित)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro