site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा संकटा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro