site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'टाटा मोटर्स वन वर्ल्ड'मा सिप्रदीलाई सात अवार्ड

काठमाडौं । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने 'टाटा मोटर्स वन वर्ल्ड २०२४' कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले सातवटा अवार्ड जितेको छ ।

कम्पनीले यसबाहेक ईभी विस्तारका लागि विशेष कदर पत्र समेत प्राप्त गरेको छ ।

यसले नेपालले शून्य–उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धतालाई पुनः स्थापित गरेको सिप्रदीले जनाएको छ ।

सिप्रदी ट्रेडिङका अनुसार कम्पनीले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा सबैभन्दा उच्च बजार हिस्सा दिलाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यसले नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।

सिप्रदी ट्रेडिङको यो उपलब्धि  ग्राहकहरूको विश्वास, टिमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल भएको कम्पनीको भनाइ छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको प्रतिक्रिया दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro