site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुपाल्चोकमा भूकम्प : भारतसम्म धक्का

काठमाडौं । सिन्धुपाल्चोकको भूकम्पको धक्का भारतसम्म महसुस गरिएको छ ।

शुक्रबार बिहान (फागुन १६) २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यसलाई विनाशकारी गोरखा भूकम्पको परकम्प भनेको छ ।

यसको धक्का भारतका बिहार र पश्चिम बंगालको उत्तरी क्षेत्रमा पनि महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

त्यहाँको नेसनल सेन्टर फर सिस्मोलोजीले यसलाई ५.५ म्याग्निच्युडको धक्का भनेको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको सिन्धुपाल्चोक क्षेत्र बिहारको मुजफ्फरपुरबाट १८९ किलोमिटर उत्तरमा पर्ने बीबीसी हिन्दीमा उल्लेख छ । त्यहाँ क्षतिको सूचना छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro