site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भूमि अध्यादेशबारे अन्तरक्रिया गर्दै जसपा नेपाल 
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)ले सरकारले सदनमा प्रस्तुत गरेको भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै छ । 

जसपा नेपाल निकट बौद्धिक पेसाकर्मी महासंघ नेपालले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञहरूको सहभागितामा भूमि अध्यादेश उपर बृहत् अन्तरक्रिया गर्न लागेको हो ।
 
काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटको मैत्री हलमा शुक्रबार दिउँसो आयोजना हुने उक्त अन्तरक्रियामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख वक्ताको रुपमा आमन्त्रित गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका उपाध्यक्षद्वय राजकिशोर यादव र मृगेन्द्र सिंह यादवलाई प्रमुख वक्ताको रुपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ । 

विज्ञ वक्ताको रुपमा विजयकान्त कर्ण, डा. उमाशंकर प्रसाद, गोपीनाथ मैनाली, शेखर यादव, माधव देव र नागेन्द्रप्रसाद यादवलाई आमन्त्रित गरिएको छ ।
 
सरकारले ल्याउन लागेको ६ वटा अध्यादेश मध्ये भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हितमा नरहेको भन्दै जसपा नेपालले त्यसको विपक्षमा मतदान गर्ने यसअघि नै निर्णय गरिसकेको छ । 

भूमि अध्यादेश पारित भए देशभरकै सार्वजनिक जग्गाको चरम दुरुपयोग हुने भन्दै जसपा नेपालको अडान ती अध्यादेश अहिले सदनमा अलपत्र छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्