site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुलमानले मन्त्री खड्कालाई भने– स्पष्टीकरण माग गरेर अनुचित कार्य गरियो 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री दीपक खड्काले कार्यसम्पादन मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरेर अपरिपक्व र अनुचित कार्य गरेको बताएका छन् । 

मन्त्री खड्काले पदबाट हटाउन दोस्रोपटक स्पष्टीकरण पठाएपछि घिसिङले पदबाट हटाउने विषयमा दोस्रो पटक ६ बुँदे स्पष्टीकरण दिएका हुन् । उनले बुँदा नम्बर (क) पदबाट हटाउने विषय (दोस्रो पटक स्पष्टीकरणमा जवाफ लेखेका छन्, “मेरो विगत दुई आ.व.को कार्यसम्पादन मूल्यांकन भएको व्यहोरा तहाँको अभिलेखमा रहेको छ । आ.व. २०८०।८१ को कार्यसम्पादनको मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्व र अनुचित छ ।” 

Argakhachi Cement Island Ad

पुस २८ गते पेस गरेको स्पष्टीकरणको सम्बन्धमा लगभग डेढ महिनासम्म कुनै कारबाही नगरी अचानक २४ घण्टाको अवधि दिई स्पष्टीकरण माग गरिएको कार्य प्रकृयागत रुपमा गम्भीर त्रुटीपूर्ण भएको स्पष्ट पारेका छन् । 

मन्त्रीले पूर्वाग्रह राखेर स्पष्टीकरणको आधारमा सेवाबाट हटाउन नमिल्ने व्यहोरा प्रष्ट पारेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्