site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राराको एक होटेलमा आगलागी, चार भवन नष्ट

मुगु । यहाँस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । 

आगोबाट काठैकाठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।  

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जनाको प्रहरी टोली रारा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिन्डर पड्कदा अन्य तीनवटा भवनमा क्षति पुगेको थियो । 

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटेलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटेल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro