site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेला महोत्सवमा प्रचार गर्ने सुर्तीजन्य पदार्थ उत्पादकलाई मन्त्रालयले कारबाही गर्ने 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेला महोत्सवमा आफ्नो प्रचार गर्ने सुर्तीजन्य पदार्थ उत्पादकलाई कारबाही गर्ने भएको छ । यस्तो कार्य गर्नेलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार कारबाही गरिने मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । 

“केही मेला महोत्सव, जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादकको संलग्न भएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, कानुन विपरीतका कार्य गर्नेलाई कारबाही हुने जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ । 

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा निषेध ऐन २०६८ को दफा १० अनुसार उत्पादकलगायत कसैले पनि सार्वजनिक रूपमा प्रचार गर्न पाइँदैन । पत्रपत्रिका, रेडियो, टीभी, इन्टरनेट, इमेल जस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तर्क्रिया, कार्यक्रममा यो ऐन लागु हुन्छ । 

त्यस्ता प्लेटफर्ममा होर्डिङ बोर्ड, भित्ते लेखन, लोगो, संकेत, चिन्ह्वा कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण गर्न नपाइने ऐनमा उल्लेख छ । 

साथै, सुर्तीजन्य पदार्थको प्याकेजिङमा पछिल्लोपटक जारी भएको निर्देशिकाअनुसार गर्न उत्पादकलाई मन्त्रालयले अनुरोध गरेको छ । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगहरूका कारण वार्षिक ३७ हजार बढी नागरिकको मृत्यु भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro