site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नवलपरासीमा दुई समुदायको झडप अझै नियन्त्रणमा आएन, प्रहरीकै गाडीमा आगजनी

काठमाडौं । नवलपरासी पश्चिममा भएको दुई समुदायबीचको झडप नियन्त्रणबाहिर गएको छ । पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि अवस्था नियन्त्रण गर्न ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालका अनुसार, आक्रोशित समूह प्रहरीकै गाडी जलाइदिएपछि स्थिति थप तनावग्रस्त बनेको छ । प्रहरीले आक्रोशित भिडलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

पश्चिम नवलपरासीको अवस्था बिग्रिँदै गएपछि रूपन्देही र पूर्वी नवलपरासीबाट समेत थप प्रहरी टोली परिचालन गरिएको छ । केही प्रहरी र प्रर्दशनकारी घाइते भएका छन् ।

प्रहरीका अनुसार, झडप प्रेम विवाहसँग जोडिएको छ । तीन महिनाअघि एक समुदायकी युवतीसँग अर्को समुदायका युवाले प्रेम विवाह गरेका थिए । त्यतिबेलै केटी पक्षबाट केटाका बुवामाथि आक्रमण भएको थियो । सोमबार साँझ फेरि केटी पक्षले केटा पक्षका एक जनालाई आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro