site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नै वडा भवन भत्काएर न्हुँ पोखरी ब्युँताउँदै ललितपुर महानगर

काठमाडौं । ललितपुर महानगरपालिकाले सोमबार (फागुन १२) आफ्नै वडा कार्यालयको भवनमा डोजर चलायो । मेयर चिरिबाबु महर्जनको उपस्थितिमा लगनखेलस्थित ५ नम्बर वडा कार्यालय भवनसहित १२ सटरमा डोजर चलाइएको हो ।

मल्लकालीन न्हुँ पोखरीको अस्तित्व जोगाउन वडा कार्यालयसहित १२ सटरमा डोजर चलाइएको मेयर महर्जनले बताए । पोखरी पुनर्जागरण गर्ने योजनाअनुसार वडा कार्यालय भवन भत्काइएको उनले बताए ।

“लगनखेलमा रहेको पोखरीलाई सडकपेटीबाटै देखिने गरी बार लगाउन लागेका हौँ । यसअघि हामीले तीनवटा पोखरी ब्युँताइसकेका छौँ,” उनले भने ।

लामो समयदेखि सुक्खा रहेको ऐतिहासिक पोखरीमा स्थानीयले पानी भर्दै आएका थिए । पोखरीको पूर्वी क्षेत्र विस्तार गरी घेरबार गरिने महानगरले जनाएको छ ।

वडा भवन र वरिपरिका टहराका कारण पोखरी छोपिएको ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । “पोखरी वरिपरिका संरचनाले गर्दा पोखरी छोपिएको थियो । धेरै लामो समयदेखि स्थानीयले पोखरीको संरक्षण नभएको गुनासो गर्दै आएका थिए,” उनले भने, “त्यसैले पोखरी संरक्षणका लागि नगर प्रहरीको जम्बो टोलीले डोजर चलाएको हो ।”

ललितपुर–५ का वडाध्यक्ष विकासमान श्रेष्ठका अनुसार, धेरै पहिलेदेखि जनप्रतिनिधिले पोखरी सरसफाइ गर्दै आएका थिए । “२०७६ सालमा सो पोखरी संरक्षणका लागि गुरुयोजना तयार गरी काम सुरु भएको थियो । तर, बजेट अभावका कारण पोखरीको घेरबार र संरक्षण हुन सकेको थिएन,” उनले भने ।

त्यहाँको भवन भत्काउने महानगरको पूर्वयोजनाअनुसार एक महिनाअघि नै वडा कार्यालय महालक्ष्मीस्थानमा सारिएको उनले जानकारी दिए । ०८२ असार ३१ गतेसम्म पोखरीका सबै काम सकाउने महानगरको योजना छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro