
काठमाडौं । म्याग्दीमा भूकम्पको अर्को धक्का महसुस गरिएको छ । मंगलबार बिहान (फागुन १३) सानातिना धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
३.४ र ३.५ म्याग्निच्युडका तीन धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ । बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीको मुना आसपास केन्द्रविन्दु भएको ३.५ म्याग्निच्युडको धक्का मापन गरिएको छ ।
त्यसअघि, मंगलबार बिहान नै ६ बजेर १३ मिनेटमा म्याग्दीकै देवीस्थान आसपास केन्द्रविन्दु भएको ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।
यसै दिन बिहान ५ बजेर ५२ मिनेटमा म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएको समान ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, यी साना धक्का हुन् । यी धक्का असर गर्ने खालका होइनन् । र, यस्ता सानातिना धक्का मापन हुनु स्वाभाविक प्रक्रिया हो ।