देश

काठमाडौं । म्याग्दीमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार (फागुन १३) बिहान साना धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान ५ बजेर ५२ मिनेटमा म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएको ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।
मंगलबार बिहान नै ६ बजेर १३ मिनेटमा म्याग्दीकै देवीस्थान आसपास केन्द्रविन्दु भएको समान ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, यी साना धक्का हुन् । यी धक्का असर गर्ने खालका होइनन् । र, यस्ता सानातिना धक्का मापन हुनु स्वाभाविक प्रक्रिया हो ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ ०९:२८
प्रतिक्रिया दिनुहोस्