site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बागलुङमा जीप दुर्घटना : एकजनाको मृत्यु, ६ घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बागलुङको बडीगाड गाउँपालिका–९, दर्लिङस्थित भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

भीमगिठ्ठेदेखि खहरेतर्फ जाँदै गरेको लु ३ च ५५६९ नं. को पिकअप जीप सोमबार साँझ उकोलोमा ब्रेक फेल भई सडकदेखि ५०/६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका–७, चोलाङ बस्ने ७५ वर्षीयको खड्कबहादुर कुँवर छन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–५, नाथुरे बस्ने ३५ वर्षीया जुना कंडेल, बडिगाड गाउँपालिका–९ बस्ने ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यमकुमारी पौडेल, ३० वर्षीया सीता पौडेल र चालकबडीगाड गाउँपालिका–९, दर्लिङ बस्ने २३ वर्षीय हिमाल घर्तीमगर घाइते भएका छन् । घाइते मध्ये जुना र तेजकुमारीको अवस्था गम्भीर छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २१:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro