site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
झिनो अंकले बढेको बजारमा ११ अर्बको सेयर खरिद–बिक्री

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा बन्द भएको छ ।

आज ११ अर्ब आठ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ९० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४५ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज गार्डेन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ८५८ रुपैयाँ २० पैसा कायम भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेर तीन हजार ७७९ रुपैयाँ १० पैसा कायम भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।  

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्