site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी कम्पनीलाई कर लगाउने देशविरुद्ध विकल्प खोज्दै ट्रम्प, नेपालमा पर्न सक्छ असर
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना कम्पनीमाथि अरू देशले लगाउने करको विकल्प खोज्न निर्देशन दिएको छ । गएको शुक्रबार ट्रम्पले यससम्बन्धी पत्रमा हस्ताक्षर गरेका थिए ।

अमेरिकी कम्पनीमाथि डिजिटल सेवा शुल्क (डीएसटी), जरिवाना र विभिन्न नीति एवं अभ्यास गर्ने देशविरुद्ध ट्रम्प प्रशासनले कर वा अरू विकल्पको खोजी गर्ने भएको हो । डीएसटीमार्फत कुनै देशले त्यहाँ सञ्चालनमा रहेका विदेशी कम्पनीबाट कर असुल्न सक्छ ।

ट्रम्पले हस्ताक्षर गरेको निर्देशनले डीएसटीमार्फत अमेरिकी कम्पनीविरुद्ध भेदभाव गर्ने देशमाथि अनुसन्धान गर्न बाटो खुला गरेको छ । क्यानडा र फ्रान्सले अमेरिकी प्रविधि कम्पनीबाट वार्षिक ५० करोड अमेरिकी डलर डिजिटल सर्भिस ट्याक्स उठाउँछन् ।

नेपाल, भारत, बेलायत, इटाली, स्पेन, टर्की, अस्ट्रियालगायत देशले डिजिटल सेवा कर लगाउने गरेका छन् । नेपालले हाल देशमा सेवा दिने र कारोबार गर्ने विदेशी कम्पनीमाथि २ प्रतिशत डिजिटल सेवा कर लगाएको छ ।

विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी कार्यविधि, २०७९ अनुसार नेपालमा १९ विदेशी कम्पनी दर्ता छन् ।

नेपालमा माइक्रोसफ्ट, गुगल, मेटा, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पल, लिंक्डइनजस्ता अमेरिकी प्रविधि कम्पनीले ठूला करदाता कार्यालयमा डिजिटल सेवा कर तिर्ने गरेका छन् ।

कार्यालयका अनुसार, यीलगायत १९ विदेशी कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा ३५ करोड ८५ लाख रुपैयाँ भ्याट र करिब ६८ लाख रुपैयाँ डिजिटल सेवा कर तिरेका छन् ।

ट्रम्प प्रशासनले आफ्ना कम्पनीलाई विदेशमा कर नतिर्ने वा असुल्ने देशविरुद्ध कुनै निर्णय गरेमा त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।

अमेरिकाले यो विषयमा के कस्तो निर्णय गर्छ त्यसानुसार असर पर्न सक्ने ठूला करदाता कार्यालयका सूचना अधिकारी ध्रुवप्रसाद पाण्डेको भनाइ छ । “कुनै निर्णय नभएर अहिले यो नै हुन्छ भन्न सकिँदैन । तर, अमेरिकाले आफ्ना कम्पनीको हकमा गरेको निर्णयको असर ती कम्पनी नेपालमा पनि सञ्चालनमा हुँदा केही न केही असर पर्छ,” पाण्डेले बाह्रखरीसित भने ।

नेपालमा सञ्चालित अमेरिकी कम्पनी सिंगापुर, जापानस्थित शाखाबाट चलिरहेको हुँदा त्यो विषयले पनि महत्त्व राख्न सक्ने उनले बताए ।

ट्रम्प प्रशासनको एकपछि अर्काे निर्णयले विभिन्न देशमा असर परेको छ । सहायता एजेन्सी यूएसएआईडी खारेज गर्ने, विभिन्न देशलाई उपलब्ध गराउँदै आएको अनुदान रोक्नेजस्ता निर्णयले नेपालमा समेत असर परेको छ । अब डिजिटल सेवा करका विषयमा गरिने निर्णयले समेत नेपालमा असर पर्न सक्ने देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro