site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेनिशाको 'माया छरिदेऊ' बजारमा

सिड्नी । अस्ट्रेलियामा रहेकी नेपाली कलाकार जेनिशा गौतमको भजन गीति संग्रह 'माया छरिदेऊ' सार्वजनिक गरिएको छ । सिड्नीमा आयोजित एक समारोहमा गीत सार्वजनिक गरिएको हो ।

गीतको रचना जेनिशा आफैँले गरेकी हुन् । संगीत र गायन पनि उनी स्वंयको हो । उदयराज पौड्यालको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा जेनिशा आफैँ र बाल कलाकार मुकुन्द तिमिल्सिनालगायत छन् ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलिया नारी निकुञ्ज संयोजक संगिता चापागाईं, ग्रेटर नेपलिज मल्टिकल्चर कम्युनिटीका अध्यक्ष विष्णु हमालसहित सहभागी थिए ।

उनीहरूले प्रवासमा गीत संगीतको माध्यमबाट नेपाली भाषा जोगाउन भूमिका खेलेको भन्दै जेनिशाको सराहना गरे ।

गीत सार्वजनिक कार्यक्रममा निम्फाका पूर्वअध्यक्ष सुदर्शन थापा मगर, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल  पोखरेल, एन्टाका अध्यक्ष रन्जीत शाह, कलाकारहरू अक्षिता तिमिल्सिना र मानस राजलगायत सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro