site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एभरेष्ट बैंकका दुई नयाँ शाखा थपिए

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँचथरको फिदिम र ताप्लेजुङको फुङलिङमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले फिदिम नगरपालिका–१ मा १३०औँ र फुङलिङ नगरपालिका–४ मा १३१औँ शाखा सञ्चालनमा ल्याएको हो ।

फिदिम र फुङलिङमा शाखा सञ्चालनसँगै बैंकले पाँचथर र ताप्लेजुङका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ । एभरेष्ट बैंकका शाखाको उद्घाटनसँगै त्यहाँका बासिन्दाले राष्ट्रियस्तरको अत्याधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदारीमा स्थापित यो बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेको जनाइएको छ ।

देशभर १३१ शाखा कार्यालय, चार एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, १६७ एटीएम र राजस्व संकलनका निम्ति ३२ संकलन केन्द्रमार्फत सेवा दिँदै आएको एभरेष्ट बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro