site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईईको नतिजा सार्वजनिक, बाह्रखरीबाट नतिजा हेर्न सकिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार साँझ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिक गरेका हुन् ।

शर्माका अनुसार, यस वर्ष ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । यस्तै, १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । अवर्गीकृत (ननग्रेडेड) परीक्षार्थीको संख्या एकलाख ६७ हजार ५९७ छ ।

कसले कति जीपीए ल्याए ?
नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार १७७ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८१ हजार ३८५ जना, जीपीए २.८ देखि ३.२ सम्म ८९ हजार १२४ जना, जीपीए २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जना, जीपीए २.० देखि २.४ सम्म चार हजार १२६ जना, जीपीए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

०८१ को ७ चैतदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए । जसम्धये ६१.८१ प्रतिशत विद्यार्थी पास (ग्रेडेड) भएका हुन् ।

कुन प्रदेशमा कति ?
बोर्डका अनुसार, कोसी प्रदेशमा ४७ हजार ८३५, मधेस प्रदेशमा ५९ हजार ७४९, वाग्मतीमा  एक लाख १९ हजार ५१७, गण्डकीमा ४७ हजार ८४९, लुम्बिनीमा ५७ हजार ६८७, कर्णालीमा ४६ हजार ४५५, सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना विद्यार्थी पास भएका छन् ।

ननग्रेड विद्यार्थीलाई साउनको २९ देखि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

कसरी हेर्ने नतिजा ?

एसईईको नतिजा बाह्रखरी डट कममा पनि हेर्न सकिन्छ । बाह्रखरीले see.12khari.com मा गएर एसईई नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्