site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
द्रुतमार्ग आयोजना सम्पन्न गर्ने समयावधि दुई वर्ष बाँकी, काम कति भयो ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना’ सम्पन्न गर्नुपर्ने समय अब दुई वर्ष मात्र बाँकी छ ।

निर्माण सुरु भएको झन्डै आठ वर्ष बित्न लाग्दा पनि द्रुतमार्गको काम आधा पनि भएको छैन । आधाभन्दा बढी काम अब दुई वर्षमा सम्पन्न गर्नुपर्नेछ ।

नेपाली सेनाले आइतबार सैनिक मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार हालसम्म द्रुतमार्गको भौतिक प्रगति ३८.२६ प्रतिशत र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको छ ।

“विविध कारणले गर्दा यस सडक आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभएत पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको छ,” पत्रकार सम्मेलनमा सेनाले बतायो ।

सरकारले द्रुतमार्ग सडक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी २०७४ वैशाख २१ गते नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

कुल ७०.९७७ किलोमिटर लम्बाई रहेको यस आयोजनाको भौतिक प्रगति द्रुत रूपमा अघि बढ्न सकेको छैन ।

आयोजनाअन्तर्गत रहेका जम्मा सातवटा सुरुङमध्ये दुईवटा सुरुङको ब्रेकथ्रु सम्पन्न भइसकेको छ भने दुईवटा सुरुङ निर्माणाधीन छन् । अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्यहरू भइरहेको सेनाले जनाएको छ ।

आयोजनाको काम द्रुत रूपमा अघि बढ्न नसक्नुको प्रमुख कारण रुख कटान भएको सेनाले बताएको छ । प्रक्रिया पुर्‍याएर एउटा रुख कटान गर्न ११ महिना लाग्ने गरेको सेनाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro