site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अभियुक्तसँगको टेलिफोन वार्ताको ‘भ्वाइस स्पेक्ट्रोस्कोपी’ परीक्षण गरिने

काठमाडौं । भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद अवस्थामा मृत्यु भएपछि क्याम्पसमा आतंकको वातावरण छ । 

फेब्रुअरी १६ काे साँझ नेपाली विद्यार्थीको आत्महत्या घटनापछि विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले विश्वविद्यालय परिसरभित्रै विरोध प्रदर्शन गरेका थिए । पीडितले विद्यार्थीमाथि पटकपटक शारीरिक र मानसिक दुर्व्यवहार गरेको भन्दै उजुरी दिए पनि कुनै कारबाही नभएको पीडित विद्यार्थीको आरोप छ ।

घटनापछि, विद्यार्थीको परिवारले दायर गरेको एफआईआरको आधारमा, पुलिसले भारतीय न्याय संहिता (बीएनएस)को धारा १०८ (आत्महत्या दुरुत्साहन)अन्तर्गत आरोपीलाई पक्राउ गर्‍याे ।

Dabur Nepal
NIC Asia

आरोपित विद्यार्थी उत्तर प्रदेशका हुन् । बुधबार प्रहरीले अभियुक्तलाई स्थानीय अदालतमा पेस गरेपछि उनलाई तीन दिनको म्याद थप गरिएको थियो ।

यस विषयमा छानबिन गर्न प्रदेश सरकारले गृह विभागका प्रमुख सचिव सत्यव्रत साहुको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ ।

समितिले मृतक विद्यार्थी र अभियुक्तबीच फोनमा रेकर्ड गरेको कथित कुराकानीको भ्वाइस स्पेक्ट्रोस्कोपी परीक्षण गरिने जनाएको छ । यसको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

घटनापछि भुवनेश्वर पुगेका विद्यार्थीका बुबाले छोरीको उजुरीमा विश्वविद्यालयले कारबाही गरेको भए यो घटना नहुन सक्ने बताएका छन् ।

तर, छोरीले आफूलाई दुव्र्यवहारबारे कहिल्यै केही नभनेको उनले बताएका छन् । छोरीको मृत्युपछि भुवनेश्वर पुगेर, साथीभाइसँग कुरा गर्दा र मिडिया रिपोर्ट हेरेपछि मात्रै यी सबै कुरा थाहा भएको उनी बताउँछन् ।

उनले भने, ‘‘घटना भएको दिन दिउँसो करिब ३ बजे छोरीसँग कुरा गरेँ । उनले क्याम्पसमा हुन लागेको कार्यक्रममा सहभागी हुन गएको र केही समय फोन नउठ्ने बताएकी थिइन् । तर साँझ करिब ५ः३० बजे विश्वविद्यालयले उनको मृत्युको खबर पाएर तुरुन्त भुवनेश्वर पुग्न भनियो ।’’ बीबीसीबाट

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ११:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro