site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्समा चक्कु प्रहार : एकजनाको मृत्यु, दुई प्रहरी गम्भीर घाइते

काठमाडौं । फ्रान्सको पूर्वी सहर मिलोसमा चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ । दुई प्रहरी गम्भीर घाइते छन् ।

घटनास्थलबाट ३७ वर्षीय अल्जेरियन व्यक्तिलाई पक्राउ गरिएको छ । उनीविरुद्ध आतंकवादी मुद्दामा अनुसन्धान थालिएको छ ।

पक्राउ गरिएका संदिग्ध व्यक्तिले ‘अल्लाहु अकबर’ वा ‘भगवान् महान् छन्’ भनेर चिच्याएका थिए । यी संदिग्ध व्यक्तिले दुई प्रहरीलाई गम्भीर घाइते बनाए । एकको गर्दनमा र अर्का प्रहरीको छातीमा चोट लागेको छ ।

यसक्रममा ६९ वर्षीय पोर्चुगिज व्यक्तिले हस्तक्षेपको कोसिस गरेका थिए । तर, चक्कु लागेर उनको मृत्यु भयो ।

एक स्थानीय वकिलका अनुसार, संदिग्धलाई आतंकवादी निगरानी सूचीमा परेकाले देश निकाला गर्न आदेश दिइएको थियो ।

राष्ट्रपति इमानुएल म्याक्रोँले ‘यो इस्लामिक आतंकवादी आक्रमण हो भन्नेमा कुनै शंका नरहेको’ बताएका छन् ।

घटना प्रजातान्त्रिक गणतन्त्र कंगोको समर्थनमा गरिएको प्रदर्शनस्थलनजिकै भएको थियो । प्रहरी अधिकारीहरू त्यहाँ गस्तीमा थिए । बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro