site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले भने– सात प्रदेश पाँचवटा हुनसक्छ
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीका संरचनामा हेरफेर हुन सक्ने विषयलाई सामान्य मान्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा उनले यस्तो बताएका हुन् ।

लोकतन्त्र र लोकतान्त्रिक प्रणालीबाहेक संरचनागत पक्षमा सुधार र हेरफेर हुन सक्ने उनले स्पष्ट पारे । उनले सात प्रदेश नौ वा पाँचवटा पनि हुन सक्ने बताए ।

Dabur Nepal
NIC Asia

“...सातवटा प्रदेश नौवटा पनि हुनसक्छ । सातवटा प्रदेश पाँचवटा पनि हुनसक्छ,” उनले भने, “त्यसो भयो भने पनि कुनै रुवाबासी गर्नुपर्ने आवश्यक छैन । ६ वटा पनि हुनसक्छ ।”

नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उनले उल्लेख गरे । उनले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने विषयमा रुवाबासी गर्न जरुरी नरहेकामा जोड दिए ।

“त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो,” उनले भने, “त्यस्तो लोकतन्त्र भनेजस्तो, गणतन्त्र भनेको जस्तो, लोकतान्त्रिक गणतन्त्र भनेको जस्तो आधारभूत कुरा त्यो होइन ।”

‘बालकोटको घर मेरो बलबुताले बनाएको होइन, ट्रस्टलाई दान गरिसकेको छ’
प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटस्थित घर आफ्नो बलबुताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाइबाट निर्माण गरिएको बताए । उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको सुनाए । आफूजति श्रीमतीसँग खुसी मानिस अर्को सायदै हुने उनको भनाइ थियो ।

“अहिले घरको जुन चर्चा गर्दछन्, त्यो राधिका शाक्यले बनाएको हो । मेरो बुताले, मेरा हुतीले होइन,” उनले भने, “त्यो घर पनि ट्रस्टलाई दान गरिसकेको छ । मेरो कमाइ दान गरेको होइन, उनकै कमाइ दान गरेको हो ।”

उनले अगाडि भने, “त्यसकारण मजति श्रीमतीसँग खुसी मान्छे कोही पनि छैन होला सायद । म त्यति खुसी छु । राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न वास्तवमा सम्भव थिएन ।” न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro