site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनको खनिज भण्डारमा ट्रम्पको आँखा

अमेरिका । ह्वाइट हाउसले शुक्रबार युक्रेनले ‘धेरै छोटो अवधिमा’ वासिङ्टनलाई यसको खनिज भण्डारहरूमा पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्ने कुरामा जोड दिएको छ । 

यसअघि सम्झौतामा हस्ताक्षर गर्न युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीको कमीका कारण अस्वीकार गरेका थिए । 

“हेर्नुहोस्, यहाँ मुख्य कुरा के हो भने राष्ट्रपति जेलेन्स्कीले त्यो सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ र तपाईंले त्यो धेरै छोटो समयमै देख्नुहुनेछ र यो युक्रेनका लागि राम्रो हो”, ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले राजधानी वासिङ्टनको बाहिरी भागमा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)का सहभागीहरूलाई भने । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro