site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पुस महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य मन्त्रालय दोस्रो 

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री तथा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका थिए । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको पुससम्मको कार्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय तथा निकायगत आधारमा तेस्रो तथा मन्त्रालयबीचको मूल्यांकनमा दोस्रो स्थानमा रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

Argakhachi Cement Island Ad

उनका अनुसार मन्त्रालयले कुल ५२ मध्ये पुस मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने ११ काममा नौवटा सम्पन्न गरिसकेको छ । 
मन्त्रालयको सामाजिक क्षेत्रका माइलस्टोनको समीक्षामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रालयले ८१ दशमलव ८ प्रतिशत प्रगति हासिल गरेको छ । यसैगरी सुरु भई निश्चित लक्ष्य हासिल हुनुपर्ने माइलस्टोनको प्रगति स्थितिमा समेत मन्त्रालयले ७० अंक प्राप्त गरेको छ । जुन सामाजिक क्षेत्रमा कार्यरत मन्त्रालयमध्ये उच्च हो । 

यी प्रगतिका आधारमा कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८१ दशमलव ८ अंक प्रदान गरेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए । 

PM-Office-report-on-ministerial-performance--1740126626.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्