site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालसहित दर्जन देशको करोडौं अनुदान रोक्दै ट्रम्पले भने– यो सब ठगी हो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूलाई दिँदै आएको अनुदानको सूची सार्वजनिक गर्दै खारेज गरेका छन् । ट्रम्पले बुधबार फ्लोरिडास्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै त्यस्तो कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

अमेरिकी करदाताको पैसा, नेपाल, भारत, कोलम्बिया, युगान्डा, मोजाम्बिक, सर्बिया, मोल्डोभा, लाइबेरिया, माली, दक्षिण अफ्रिका र इजिप्टलगायत देशलाई कुन शीर्षकमा कति दिइएको छ भनेर ट्रम्पले पत्राकार सम्मेलनमै बोलेका छन् ।

नेपालमा वित्तीय संघीयताका लागि भनेर दुई करोड अमेरिकी डलर छुट्याइएको ट्रम्पले भनेका छन् । मतदाता साक्षरताका लागि दुई करोड १० लाख अमेरिकी डलर भारतका लागि छुट्याइएको ट्रम्पले भनेका छन् ।

चुनाव र राजनीतिक प्रक्रिया सुदृढीकरणका लागि भनेर मोल्डोभालाई दिन ४० करोड ६० लाख अमेरिकी डलर छुट्याइएको ट्रम्पले सम्मेलनमा भनेका छन् ।

“नेपालमा वित्तीय संघीयताका लागि दुई करोड अमेरिकी डलर, यी तथ्यांक सुन्नुहोस्– यो सबै ठगी हो,” ट्रम्पले अमेरिकी करदाताको करोडौं रकम अनुदानका रूपमा विभिन्न देशहरूलाई उपलब्ध भइरहेको सूची सार्वजनिक गर्दै भनेका थिए ।

यस्तै, उनले नेपालमा जैविक विविधता संरक्षणका लागि एक करोड ९० लाख अमेरिकी डलर छुट्याइएको पनि बताएका छन् ।

लाइबेरियामा मतदाताको विश्वासका लागि १५ लाख, मालीमा सामाजिक एकताका लागि एक करोड ४० लाख र दक्षिण अफ्रिकामा समावेशी लोकतन्त्रका लागि भनेर २५ लाख अमेरिकी डलर छुट्याइएको ट्रम्पले भनेका छन् ।

यसरी विभिन्न शीर्षकमा विभिन्न देशका लागि अमेरिकी करदाताको पैसा बाँडिएको भन्दै ट्रम्पले यसलाई ठगी भनेका छन् । यी अनुदान रकम रोक्ने एवम् खारेज गर्नेलगायत कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले सूची नै सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro