
काठमाडौं । नेपाल स्रष्टा समाजले ‘रेखा–पवन स्रष्टा सम्मान’ पहिलो पटक कवि तथा गीतकार कालीप्रसाद रिजाललाई प्रदान गर्ने घोषणा गरेको छ । समाजद्वारा प्रेषित विज्ञप्ति अनुसार सम्मानकासाथ नगद राशि १ लाख १ सय ११ रुपैयाँ समेत प्रदान गरिने छ ।
विगत पाँच दशकअघिदेखि कविता र गीतका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कवि गीतकार रिजाललाई उक्त सम्मान प्रदान गर्न लागिएको समाजले जनाएको छ ।
साहित्यकार पवन आलोक तथा उनकी धर्मपत्नी रेखा कँडेलको नाममा छोरीहरू विमला कँडेल थापा, रिता कँडेल बस्नेत, अनिता कँडेल, छोरा सुनिल कँडेल र बुहारी माला कटुवाल कँडेलसमेतले यो सम्मानका लागि अक्षयकोष व्यवस्था गर्दै सम्मानको स्थापना गरेको समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।