site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेन युद्ध : रूस र अमेरिका यी कुरामा सहमत

नयाँदिल्ली । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूस र अमेरिका तीनवटा कुरामा सहमत भएको बताएका छन् ।

रियादमा दुई देशबीच भएको वार्तामा तीनवटा कुरामा सहमति भएको बताए ।

पहिलो, दुवै देशले जतिसक्दो चाँडो एकअर्काका लागि राजदूतहरू नियुक्त गर्नेछन्, ताकी दूतावासहरूमा बैंक स्थानान्तरणमा प्रतिबन्धलगायत कूटनीतिक नियोगहरूमा परेका अवरोधहरू हटाउन सकिन्छ ।

दोस्रो, लाभरोभले युक्रेन सम्झौताको प्रक्रिया सुरु गरिने र अमेरिकाले आफ्ना प्रतिनिधि नियुक्त गर्नुपर्ने रहेको छ ।

तेस्रो, विभिन्न क्षेत्रमा पूर्ण सहयोग प्रारम्भ र विस्तार गर्ने अवस्था सिर्जना गरिनेछ ।

लाभरोभले भने, "यो धेरै उपयोगी कुराकानी थियो । हामीले एकअर्काको कुरा सुन्यौँ र एकअर्काको कुरामा ध्यान दियौँ ।"

यद्यपि, लाभरोभले पत्रकार सम्मेलनमा असहमति भएका मुद्दाहरू पनि उल्लेख गरे र युक्रेनको नेटोमा सामेल हुनु रुसका लागि 'प्रत्यक्ष खतरा' भएको बताए ।

यसैबीच युक्रेनका राष्ट्रपति भोेलोदिमिर जेलेन्स्कीले वार्ताको आलोचना गर्दै युक्रेनको अनुपस्थितिमा युक्रेनबारे छलफल भएको बताए । युक्रेन वा युरोपका कुनै पनि अधिकारीलाई यो बैठकमा आमन्त्रित गरिएको थिएन ।

वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले केही समयपछि यो वार्तामा युरोपले पनि साथ दिनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro