site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केआईआईटीमा नेपालीसहित सबै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता : भारतीय दूतावास

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले नेपाली विद्यार्थी प्रकृति लम्सालको दुःखद् मृत्यु र सम्बन्धित घटनाक्रमको सम्बन्धमा ओडिसा सरकारका अधिकारीहरू र कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) सँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ ।  मंगलबार एक विज्ञप्ति जारी गर्दै दूतावासले ओडिसा राज्य सरकारले यस विषयमा जानकारी लिएको बताएको छ ।

"ओडिसा सरकारले नेपालीसहित सबै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न आवश्यक सबै कदम चाल्नेछ," दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ओडिसा प्रहरीले हेल्पलाइन नम्बर +९१-८२८०३३८३०१ साझा गरेको छ, जसमा सहयोगको आवश्यकता परेका नेपाली विद्यार्थीहरूले सम्पर्क गर्न सक्नेछन् ।

भुवनेश्वरको प्रहरी आयुक्तालयले अभियुक्त विद्यार्थीविरुद्ध फौजदारी मुद्दा दर्ता गरिएको र उनलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको जानकारी दिएको छ । "ओडिसा प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको छ । ओडिसा प्रहरीले केआईआईटी सुरक्षाकर्मीहरूले विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको बारेमा ध्यान दिनुका साथै उनीहरूमाथि फौजदारी मुद्दा दर्ता गरेको छ,"  विज्ञप्तिमा भनिएको छ ।

479940654_614543204716167_2119968430808042958_n-1739892063.jpg
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro