site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली पुरुष कबड्डी टोलीले बंगलादेशसँग अभ्यास खेल खेल्ने

काठमाडौं । मिसन–२०२६ को तयारीमा रहेको नेपालको पुरुष कबड्डी टोलीले बंगलादेशमा घरेलु टोलीसँग पाँच खेलको अभ्यास खेल खेल्ने भएको छ । 

यही फागुन १० देखि १६ गतेसम्म बंगलादेशको ढाकामा नेपालले पाँच खेलको अभ्यास खेल खेल्न लागेको हो । नेपालको पुरुष कबड्डी टोलीले सन् २०२६ मा हुने २०औँ एसियन गेम्सको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सुरु गरेको मिसन–२०२६ अन्तर्गत रहेर प्रशिक्षण गरिरहेको छ । सोही मिसनअन्तर्गत पुरुष टोलीले बंगलादेशसँग अभ्यास खेल खेल्न लागेको हो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार आयोजित एक कार्यक्रमबीच अभ्यास खेलमा जाने नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीलाई बिदाइ गरे । सो अवसरमा राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्ट, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र महासचिव अरविन्द झालगायत थिए । 

घनश्याम रोकामगरको कप्तानीमा रहेको १४ सदस्यीय पुरुष टोलीले बंगलादेशसँग अभ्यास खेल खेल्नेछन् । अन्य खेलाडीमा सुशील चुनारा, प्रमोदकुमार श्रेष्ठ, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, रविन कुँवर, सतिषकुमार कुर्मी, सुरोज बोहोरा, सोहिल इस्लाम, सविन बुहाजू, रामु टमटा, गणेश पार्की र भूवन बोहरा छन् । उनीहरूलाई लोकबहादुर विष्टले प्रशिक्षण गराउनेछन् ।

यो टोलीको म्यानेजरमा खेमराज चम्लगाईंका साथै संघका सदस्य निराजन श्रेष्ठ र नवराज श्रेष्ठ पनि बिहीबार बंगलादेश जानेछन् । नेपालले पहिलो दुई खेल लगातार फागुन १० र ११ गते खेल्नेछ । त्यसपछि तेस्रो खेल फागुन १३ र चौथो खेल फागुन १५ गते खेल्ने तालिका छ । निर्णायक तथा पाँचौँ खेल भने फागुन १६ गते खेल्दै नेपालले बंगलादेशसँगको अभ्यास खेल पूरा गर्नेछ । 

उक्त बिदाइ कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले मिसन–२०२६ को तयारीका लागि आफूभन्दा बलिया टोलीहरूसँग धेरैभन्दा धेरै अभ्यास खेल्न राख्न संघलाई अनुरोध गरेका छन् । सदस्यसचिव घिसिङले जसरी पनि २०२६ को एसियन गेम्स पदक ल्याउने यो अभ्यास खेल महत्त्वपूर्ण पाइला रहेको उनले बताएका छन् । नेपालको पुरुष कबड्डी टोलीले ल्याएको अन्तर्राष्ट्रिय सफलताका आधार मिसन २०२६ मा समावेश भएको बताए ।

राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्टले एसियन गेम्समा महिला कबड्डी टोलीले पदक ल्याएपछि पुरुष टोलीलाई पनि आगामी संस्करणमा पदक जित्न चुनौती रहेको धारणा राखे ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro