site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सक संघ आन्दोलित, आकस्मिकबाहेकका सेवा बन्द गर्ने चेतावनी

काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना मागहरूलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै आन्दोलन घोषणा गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । 

संघले गत आइतबार ४८ घन्टाको समय दिएर सरकारसँग केही माग राखेको थियो । तीमध्ये आंशिक माग मात्र सम्बोधन भएको र बाँकी मागलाई नेपाल सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

जसअनुसार फागुन ७ र ८ गते देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आ –आफ्नो स्वास्थ्य संस्थाअगाडि कालो पट्टी बाँधेर कार्यालय समयको पहिलो १ घण्टा धर्ना कार्यक्रम राखेको छ ।

यी विरोधका कार्यक्रम सञ्चालन गर्दा समेत सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro