site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको आत्मसम्मानमा चोट पुग्ने अभिव्यक्ति दिने केआईआईटीका दुई अधिकारीले मागे माफी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल र नेपाली विद्यार्थीको आत्मसम्मानमा चोट पुग्ने गरी अभिव्यक्ति दिने भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका दुई अधिकारीले माफी मागेका छन् ।

नेपाली छात्राको मृत्युपछि आन्दोलित नेपाली विद्यार्थीलाई उनीहरूले फेब्रुअरी १६ को राति दुर्व्यवहार गरेका थिए । उनीहरूले नेपालको बजेटभन्दा आफ्नो विश्वविद्यालयको बजेट ठूलो भएको जनाउँदै नेपाली विद्यार्थीलाई तत्काल आफ्नो देश फर्किन धम्की दिएका थिए ।

“मैले फेब्रुअरी १६ को दिन जे अभिव्यक्ति दिएँ, त्यो केआईआईटीको आधिकारिक धारणा होइन । मेरो अभिव्यक्तिले नेपाली विद्यार्थी र नेपाली जनतामा आघात पुगेकोमा म त्यसप्रति माफी माग्छु,” नेपाली विद्यार्थीलाई धम्की दिने केआईआईटीका दुई अधिकारीमध्ये एक मञ्जुशा पाण्डेले भनेकी छिन् । 

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने अर्की अधिकारी जयन्ती नाथले पनि आफ्नो उद्देश्य नेपाली विद्यार्थी र नेपाललाई आघात पुर्‍याउने नरहेको बताएकी छिन् । 

“नेपाललाई लिएर मैले दिएको अभिव्यक्तिप्रति म माफी माग्न चाहन्छु । मेरो उद्देश्य कसैलाई चोट पुर्‍याउने थिएन । मेरो भनाइले विश्वविद्यालयको प्रतिनिधित्व गर्दैन,” जयन्ती नाथले भनेकी छिन् । 

दुवैजनाले नेपाल र नेपाली विद्यार्थीसँग माफी मागेको भिडियो सामाजिक सञ्जालमा राखेका छन् । 

फेब्रुअरी १६ मा २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल केआईआईटीको गर्ल्स होस्टलमा मृत अवस्थामा फेलापरेकी थिइन् । त्यसपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले लम्साललाई आत्महत्या गर्न बाध्य पार्नेहरूमाथि कारबाहीको माग गर्दै आन्दोलन गरेका थिए । 

विश्वविद्यालयका ती दुई अधिकारीले आन्दोलन गरिरहेका विद्यार्थीमाथि दुर्व्यवहार गरेका थिए । 

केआईआईटी विश्वविद्यालयका उपकुलपति प्रा. शरनजीत सिंहले पनि मंगलबार नेपाली विद्यार्थीहरूसँग माफी माग्दै उनीहरूलाई क्याम्पसमा फर्किन अपिल गरेका छन् । एक क्षमायाचना पत्र जारी गर्दै उनले माफी मागेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro