site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार कुलमानकाे अराजक गतिविधि हेरेर बस्दैन : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजेको र सरकारलाई नटेरेको बताएका हुन् । उनले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे । 

राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । मन्त्री खड्काले पटक–पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभएपछि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे । 

उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारे । 

उनले बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत् प्रवाहलाई सहज ढंगले सूचारु गरिएको दाबी गरे । 

उनले दोधारा लम्की, बरेली, ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भई काम अघि बढेको बताए । 

ऊर्जा क्षेत्रमा आवश्यक कानुन तर्जुमाका क्रममा रहेको र केही विधेयक अघि बढिसकेको उनले जानकारी दिए ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro