site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराट गोल्डकप फुटबल फागुन १९ देखि, नेपाल र भारतका १० टिम सहभागी हुने

काठमाडौं । विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद रंगशालामा आयोजना हुने भएको छ ।

विराट गोल्डकप टष्ट्रद्वारा सोमबार रंगशालामा आयोजित पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिता ‘फ्लडलाइट्स’को माध्यमबाट रात्रिकालीन समयमा हुने जानकारी दिइएको हो ।

प्रतियोगितामा नेपाल र भारतका १० वटा ‘ए’ डिभिजनका टिमको सहभागी हुने प्रतियोगिताका संयोजक नवीन रिजालले जानकारी दिए । उनका अनुसार, नेपालको तर्फबाट एनआरटी, थ्रीस्टार, मछिन्द्र क्बल, चर्च ब्वाइज, विभिगीय टिम नेपाल पुलिस, एसपिएफ, त्रिभुवन आर्मी, आयोजक मोरङ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेतालाई ११ लाख र उपविजेतालाई पाँच लाख पुरस्कार दिने जनाइएको छ । उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिए ।

उनकाका अनुसार सर्वोकृष्ट हुने खेलाडीलाई ५१ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro