site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचार विधेयक पाँच वर्षमा पारित
Tiktok banner adTiktok banner ad

काठमाडौं । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबारको बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयक पाँच वर्षमा पारित भएको हो ।

विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँद‌ै गृहमन्त्री रमेश लेखकले विधेयक लामो समय समितिमा रहेको भन्दै समय सीमा तोक्नुपर्ने दोहोर्‍याए ।

२०७६ माघ ६ गते विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । त्यतिबेला हालका प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । विधेयक ०७९ चैत २७ गते राष्ट्रियसभाबाट पारित भएको थियो । राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकमाथि प्रतिनिधिसभामा ०८० भदौ ३१ गते सैद्धान्तिक छलफल भएको थियो ।

सभाले विधेयकमाथि दफावार छलफलका  लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । समितिले विधेयकमाथि उठेका विषयमा प्रतिवेदन बुझाउन नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति बनाएको थियो ।

समितिले ०८१ पुस १८ गते पास गरेर प्रतिवेदनसहित सभामा लगेको थियो । त्यसमाथि छलफल गरी प्रतिनिधिसभाले पारित गरेको हो ।

राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयकमा भ्रष्टाचार अनुसन्धानमा पाँच वर्षे हदम्याद राखिएको थियो । प्रतिनिधिसभामा पारित विधेयकबाट सो विषय हटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro