site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छात्रावास नियमन गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रावासहरूलाई तोकिएको मापदण्डअनुरुप सञ्चालन गराउन सूचकका आधारमा अनुगमन गरी नियमन गर्ने भएको छ । शिक्षा विभागले सम्पादन गरिरहेका काम र आगामी योजनाका विषयमा जानकारी लिँदै महानगरकी उपमयेर सुनिता डंगोलले छात्रावास नियमन र व्यवस्थापन गर्ने बताएकी हुन् ।

उनका अनुसार, छात्रावास (होस्टेल)लाई व्यवस्थित, मर्यादित, सुरक्षित, पारदर्शी बनाउन तथा त्यहाँ बस्ने विद्यार्थी र सञ्चालकको अधिकतम हित गराउन जारी गरिएको ‘छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८०’ ले तोकेका व्यवस्था स्वतः कार्यान्वयनमा ल्याउने व्यवस्थाका लागि विभागले काम गर्नुपर्नेछ ।  

मापदण्डले महानगरपालिकाभित्र छात्रावास (होस्टेल) सञ्चालन गर्न कार्ययोजना, प्रतिबद्धतासहितको निवेदन, वडाको सिफारिस, छात्रावास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाणपत्र, निर्माण सम्पन्न प्रमाणपत्रका कागजातसहित दर्ता प्रक्रियाका जानुपर्ने महानगरले जनाएको छ ।

आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपूर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ ।

महानगरका अनुसार छात्रावासभित्र न्यूनतम पूर्वाधार शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत्, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल, फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध, कोठाहरू फराकिला, खुल्ला, कोठामा पर्याप्त प्रकाश, हावा दोहोरो आउने जाने हुनुपर्नेछ ।   

महानगरको छात्रवास नियमन प्रावधानअनुसार आगलागी जस्ता सम्भावित विपद् व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसरलगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्छ ।

त्यस्तै, कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सीसीटीभी क्यामरा जडान गर्नुपर्छ । हुलदंगा हुने, प्रदूषण हुने ठाउँमा छात्रावास राख्न हुँदैन । छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनुहुँदैन । एकबाट अर्कोको दुरी कम्तीमा २ सय मिटर हुनुपर्नेछ । सेवासुविधा, जिम्मेवारी तथा कर्तव्य, अनुशासन, गोपनीयता, आचारसंहितासम्बन्धी आन्तरिक नियम बनाउन सक्नेछन् । यस्ता नियम महानगरपालिकामा पेस गरेर सहमति लिनुपर्नेछ ।

महानगरपालिकाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्छ । बस्ने छात्रछात्राको हालसालै खिचेको तस्बिर, पहिचान देखिने सरकारी कागज राख्नुपर्छ । असम्बन्धित व्यक्ति भित्र आउन दिनुहुँदैन । शैक्षिक वातावरण मिलाउनुपर्छ ।

कोठाभित्र मदिराजन्य, लागुपदार्थ, सूर्तिजन्य पदार्थ ओसारपसार, बिक्री वितरण र प्रयोग गर्न पाइँदैन ।

मापदण्डमा छात्रावाससँग सम्बद्ध व्यक्ति, वार्डेन र छात्रछात्राको काम कर्तव्य र अधिकार, अनुगमनलगायत व्यवस्था छन् । शुल्क, दण्ड सजाय, विवाद समाधानसहित विषयलाई पाँचवटा परिच्छेदमा व्यवस्था गरिएको छ ।

सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भएकोले उमेर ३० वर्ष पूरा भएको हुनुपर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro