site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
त्रिभुवन विमानस्थलमा यात्रीलाई अपराधीझैँ व्यवहार गरिन्छ : सांसद ढकाल

काठमाडौं । सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीलाई अपराधीझैँ व्यवहार हुने गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

Argakhachi Cement Island Ad

“अध्यागमन प्रविधिमैत्री पनि छैन, आधुनिक पनि छैन, यात्रीहरूलाई अपराधीको झैँ व्यवहार गरिन्छ, एक घण्टासम्म लगेज प्राप्त गर्न सक्नुहुन्न,” उनले भने, “भन्सारमा यात्रीलाई अनावश्यक रूपमा दुःख दिइन्छ ।” 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपारदर्शी तरिकाले पसल चलाइएको पनि उनले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्