site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रक पल्टँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
Tiktok banner adTiktok banner ad

चितवन । वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आइतबार (वैशाख २८) बिहान चितवनको इच्छाकामना गाउँपालिका–५, तुइनखोलामा पल्टँदा नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डीएसपी रवीन्द्र खनालका अनुसार, ट्रक अन्यत्र सार्ने कार्य भइरहेको छ । दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए ।

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro