site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रम क्षेत्रको बेथिति रोक्न आयोग बनाउन माग
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले श्रम क्षेत्रलाई व्यवस्थित गर्न विज्ञसहितको श्रम आयोग बनाउन माग गरेकी छन् । आइतबार (वैशाख २८) प्रतिनिधिसभा बैठकमा उनले श्रम आयोग बनाउन जरुरी रहेकामा जोड दिएकी हुन् ।

“श्रम क्षेत्रलाई व्यवस्थिति गर्नका लागि एउटा श्रम आयोग बनाउन जरुरी थियो । त्यो श्रम आयोगका लागि नीति तथा कार्यक्रमले केही पनि बोलेन,” उनले भनिन्, “आज देशभित्र र विदेशमा गएका काम गर्नेको अवस्था नाजुक छ । यसलाई व्यवस्थापन गर्नका लागि त्रिपक्षीय श्रम आयोग नै हो । त्यसमा श्रमिक मात्र हुँदैन, त्यसमा विज्ञ, रोजगारदाता, सरकार र निजी क्षेत्रको प्रतिनिधित्व हुन्छ ।”

आन्दोलनका बेला नेताहरूले श्रम आयोग गठन गर्ने भनेको पनि उनले उल्लेख गरिन् । “संविधानमा आउन सकेन, त्यसलाई कसले कैँची लगायो ?,” उनले प्रश्न गरिन् ।

उनले सभामुखले ‘रुलिङ’ गरेर सरकारलाई श्रम आगोग गठन गर्न लगाउनुपर्ने बताइन् । “समाननीयज्यूले यसलाई रुलिङ गरेर एउटा श्रम आयोग व्यवस्था चाँडोभन्दा चाडो गरौँ । अनि, विदेशमा भएका नेपालीहरू, विज्ञसहितको त्यो श्रम आयोग हुन्छ । अनि, विदेशमा रहेका नेपाली श्रमिकहरू, अनि देशमा भएका श्रमिकहरूका लागि जुन बेथिति देखिएको छ, त्यसलाई व्यवस्थापन गर्न सकिन्छ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro