site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

झापा । ट्रकको ठक्करबाट झापाको दमकमा गए राति (वैशाख २७) स्कुटर चालकको मृत्यु भएको छ । एकजना घाइते छन् ।

ताप्लेजुङको दोभानका २२ वर्षीय अंकित लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ की ४२ वर्षीया सिर्जना राई घाइते भएको र उनको अवस्था पनि गम्भीर रहेको प्रहरी जनाएको छ ।

झापा प्रहरी प्रमुख एवं एसपी राजन लिम्बूका अनुसार, उनीहरू कामबाट कोठातर्फ फर्कंदै गर्दा ट्रकले ठक्कर दिएको थियो । दमक नगरपालिका–१ स्थित रवि स्टेन्डको गेटमा ग१ख ६४३७ नम्बरको ट्रकले मे८प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दमक अस्पतालमा घाइतेको सामान्य उपचार गरिएको थियो । बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा थप उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार छन् । ट्रक र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro