site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
पशुपतिको निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुँदै

काठमाडौं । मण्डला थिएटरमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुने भएको छ । मण्डला थिएटरले घोषणा गरेको सात निर्देशकमध्येको पाँचौँ नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’को मञ्चन यही फागुन ९ गते शुक्रबारबाट हुनेछ । 

‘उम्लिँदो खरानी र लेम्लेम्मा’लाई पशुपति राईले निर्देशन गर्नेछिन् । यो नाटकलाई मण्डला थिएटरको तर्फबाट रङ्गकर्मी–कलाकार विजय बरालले निर्माण गरेका छन् । 

लोक कथा र मिथकबाट प्रभावित भएर मिल्सन राईले लेखेको यस नाटकले माझ किरातको मुन्दुम र श्रुति परम्पराबाट आएको कथालाई बोकेको छ । जसले मातृसत्तात्मक समाजमा पितृसत्तात्मक व्यवहार कसरी सुस्तरी प्रवेश गर्‍यो र यसले व्यवहारगत रूपमा कसरी आफ्नो विचार हावी गरायो भन्ने कथा भन्नेछ । 

निर्देशक राई स्वयंले परिकल्पना गर्दै रंगगमञ्चमा लोक र आधुनिक शैलीको मिश्रणका साथ नाटक प्रस्तुत हुँदै छ । 

नाटकमा ठिल्ने ल्हमो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय रहेको छ । यसलाई रोशनी स्याङ्बोले सह–निर्देशन गरेकी छिन् । 

नाटक चैत ३ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ बजे मण्डला नाटकघर थापागाउँमा नियमित मञ्चन हुनेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro