site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई जबर्जस्ती कुट्दै होस्टेलबाट निकाल्यो 

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको छ । विश्वविद्यालयले निकालेपछि नेपाल विद्यार्थी कहाँ जाने भन्ने अन्योलमा परेका छन् । 

भारतीय मिडिया एएनआईसँग कुराकानी गर्दै नेपाल विद्यार्थी अनिलप्रसाद यादवले भनेका छन्, “हामीलाई आज होस्टेलबाट धकेलेर निकालियो । हिजो नेपालकी एक छात्रा मृत फेला परेकी थिइन् । यसबारे थप जानकारी लिन हामी अन्तर्राष्ट्रिय कार्यालय गयौँ, तर केही पनि भनिएन । हामी त्यहाँ रातभर धर्नामा बस्यौँ । त्यहाँबाट हामीलाई होस्टेल फिर्ता पठाइयो । 

अन्ततः हामीलाई एक घण्टाभित्र सामान प्याक गरेर जान भनियो । हामीसँग केही छैन । हामीलाई थाहा छैन, हामी कसरी जाने । हामीले खाना पनि खाएका छैनौँ ।” 

केआईआईटीको होस्टेलमा आइतबार साँझ एकजना नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । विश्वविद्यालयको लापरबााहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न भनेको थियो । 

“हामी मृतक छात्राका लागि विरोध गरिरहेका थियौँ । हामीलाई थाहा छैन उनीहरूको नियत के हो, तर हामीलाई जबर्जस्ती होस्टेल खाली गर्न लगाइएको थियो । रेलको कुनै निश्चित तालिका छैन, मसँग पैसा छैन । हामीले खाना पनि खाएका छैनौँ । हामी असहाय छौँ...हामीलाई सूचना प्राप्त भयो कि नेपालका सबै विद्यार्थीहरूलाई निलम्बन गरिएको छ र उनीहरूले चाँडोभन्दा चाँडो होस्टेल खाली गर्नुपर्छ । 

कर्मचारीहरू होस्टेलमा प्रवेश गरे, हामीलाई खाली गर्न लगाए र छिटो नछोड्नेहरूलाई पनि कुटे,” नेपालका राजन गुप्ताले एनएनआईसँग भनेका छन् । 

आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । 

मृतक बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन ।

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुव्र्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुव्र्यवहार गरेको अडियो समेत पोष्ट गरेका छन् । 
गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले आफूमाथि दुव्र्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको स्रोतको दाबी छ । 

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरुले विश्वविद्यालयको प्रवेशद्वारबाहिर विरोध प्रदर्शन गरेका थिए ।  विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृतिको ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए । 

स्रोतका अनुसार मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि क्यापिटल अस्पताल लगिएको छ । 

सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिस्ट्रार ज्ञानरञ्जन मोहन्तीले प्रकृति सम्बन्धमा रहेको जानकारी दिइन् । उनी होस्टेलमा बस्दै आएकी थिइन् र आफ्नो पार्टनरसँगको तनावपूर्ण सम्बन्धका कारण उनले उक्त कदम चालेको उनले बताइन् । प्रकृतिको परिवारका सदस्यलाई घटनाबारे जानकारी दिइएको उनले बताएकी छन् ।

“विश्वविद्यालयमा सोही वर्षमा अध्ययनरत अभियुक्त केटालाई प्रहरीले पक्राउ गरेको छ,” उनले भनिन् । (विभिन्न मिडियाको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro