site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुल्मीमा ढुंगा लागेर विद्यार्थीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

तम्घास (गुल्मी) । बाटो खन्ने क्रममा स्काभेटरले पल्टाएको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–२, हस्तिचौर तारागाउँ निवासी ज्ञानबहादुर कुमालकी छोरी आठ वर्षीया विष्णु कुमालको आइतबार मृत्यु भएको हो ।

कुमाल पालुखा माविमा कक्षा यूकेजीमा अध्ययनरत विद्यार्थी हुन् । अध्ययनका लागि विद्यालय जाँदै गरेका बेला माथिबाट खसेको ढुंगा टाउकोमा लागेको थियो । स्थानीयले उपचारका लागि तम्घास अस्पताल ल्याए पनि उद्वारमा ढिलाइ हुँदा उनको ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी दाहालले स्काभेटर चालक मकवानपुरको इन्द्रचौर गाउँपालिका–४, सिस्नेरी बस्ने ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । रासस

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro