site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका पारित

काठमाडाै‌ं । कार्यव्यवस्था परामर्श समितिको ३६औँ बैठकले प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका पारित गरेको छ । बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले एकजना सांसदका निम्ति एक मिनेटको समय छुट्याएको छ  ।

यसअघि एकैजना सांसदले धेरै प्रश्न राख्ने र लामो भूमिका राख्ने गरेकोमा अबदेखि बढीमा २ वटा प्रश्न वा एक मिनेटभित्र धारणा राख्न पाइनेछ । यसअघि एकैजनाले आठवटासम्म प्रश्न र १२ पेजसम्मको धारणा राख्ने गरेका थिए । 

ब‌ैठकमा सभामुखले भने, ‘‘बैठकमा माननीयहरूले बोल्ने र हिँड्ने प्रवृत्ति बढेको छ । सांसदहरूले संसद् चलेको अवस्थामा पूरा समय दिनुपर्‍यो ।’’

जरुरीबाहेकका काममा संसद् चल्ने बेला बाहिर समय नदिन उनले आग्रह गरे । ‘‘संसद् बैठकको अन्तिममा चाहिँ गणपूरक संख्यामात्रै पुर्‍याउनेजस्तो भएको छ । यो ठीक भएन,’ उनले भने, ‘‘माननीयहरूलाई समय तय गर्न सहज होस् भनेर कार्यतालिका बनाएका छौँ । तर उपस्थितिमा सुधार आएन ।’’

सांसद तारा लामाले सांसदहरूले कुन समय कुन प्रयोजनका लागि भन्ने नबुझेको बताए । ‘‘कुन कुरा शून्यमा, कुन विशेषमा र कुन आकस्मिक भन्ने बुझनुपर्‍यो । प्रमुख सचेतकले वा संसद् सचिवालयले बुझाइदिनुपर्‍यो,’’ उनले भने, ‘‘आफूलाई मन लागेको बेला जुनसुकै समयमा बोल्ने स्थिति छ । संसद्मा बोल्न दिइएन भनेर बाहिर अफवाह फैलाउने काम भएको छ ।’’

samsad-1739691153.JPG
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro